०४ बैशाख २०८३ , शुक्रबार

प्रदेश ३ का जेलमा १ सय ६१ बालबालिका, बालगृहबाटै हुन्छ धर्म प्रचार !

जेठ ३१, मकवानपुर । प्रदेश ३ का विभिन्न जिल्लामा रहेका जेलमा १ सय ६१ जना बालबालिका कैदीबन्दीसँगै रहेका छन् । त्यस्तै विभिन्न बालगृहमा ११ हजार ८ सय ८२ बालबालिका आश्रित छन् ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । सबैभन्दा बढी बाल सुधार गृह सानो ठिमी भत्तपुरमा १ सय ४७, काठमाडौं कारागारमा ८, धादिङ कारागारमा ३ र चितवन कारागारमा ३ बालबालिका छन् ।

 

विभिन्न अपराधमा संलग्न रहेका अभिभावकसँगै संरक्षणकर्ताको अभावमा बालबालिका पनि कारागारमा बन्दी जीवन बिताइरहेको खबर आजको राजधानी दैनिकमा छ ।

 

त्यस्तै ११ वटा जिल्लामा आवासीय रूपमा सञ्चालित बालगृहमा ११ हजार ८ सय ८२ जना बालबालिका बस्ने गरेका छन् । तर, यी गृहहरू संरचनागत रूपमा बालमैत्री नभएको दाबी गरिएको छ । बालगृहको मापदण्डमा नरहेका भनिएका बालगृह पनि समस्यामा विकल्पका रूपमा मात्र लिइएको छ ।

 

११ जिल्लामा ४ सय १५ वटा बालगृह राखेर धर्म प्रचारको काम समेत हुने गरेको भित्री रहस्य सामाजिक विकासमन्त्री युवराज दुलालले खुलाए । बालबालिकाका अधिकार कुण्ठित गरेर राखिएका बालबालिकालाई सरकारले जिम्मा लिएर राख्ने तयारी गरेको दुलालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *