जेठ ३१, दार्चुला । दार्चुला प्रहरीले आचारसंहिता जारी गर्दै ड्युटीमा सामाजिक सञ्जाल चलाउन तथा गीत भिडियो सुन्न÷हेर्न प्रतिबन्ध लगाएको छ । राजधानी दैनिकमा छापिएको समाचार अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लामा कार्यरत प्रहरी सुधार गर्ने भन्दै २१ बुँदे आचारसंहिता जारी गरेको हो ।
प्रहरी नायव उपरीक्षक नवराज भण्डारीद्धारा प्रकाशित निर्देशनात्मक आचारसंहितामा मातहतका सबै प्रहरीले अनिवार्य रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
ड्युटीमा खटिएको बेला फेसबुक लगायतका सामाजिक सञ्जाल र भिडियो हेर्दा ध्यान अन्यत्र जाने र कार्य सम्पादनमा असर पर्ने भन्दै आचारसंहिता कडाईका साथ कार्यान्वयन गरिने डिएसपी अधिकारीले बताए ।








