०३ बैशाख २०८३ , बिहिबार

श्रीलंकामा प्रतियोगिताकै क्रममा नेपाली माउण्टेन बाइकर महर्जनको नदीमा डुबेर मृत्यु

असार १, काठमाडौँ । श्रीलंकामा भइरहेको ‘रम्बल इन द जंगल’ प्रतियोगिताकै क्रममा नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको नदीमा खस्दा डुबेर मृत्यु भएको छ ।

 

अन्तर्राष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा भाग लिन श्रीलंका गएका नेपाली माउण्टेन बाइकर महर्जनको बिहीबार बेलुका महाबेली नदीमा खसेर मृत्यु भएको श्रीलंकन सञ्चार माध्यम डेलीमिररले जनाएको छ ।

 

श्रीलंकाको पहाडी क्षेत्रमा रहेको बर्षा वन, नदी पार गर्नुपर्ने सहासिक साइकल रेसका क्रममा खेलाडीले जंगली हात्ती, चितुवा, सर्प जस्ता जीवजन्तुको सम्भावित खतरासमेत हुनेगर्छ ।

 

साइकल रेसमा महर्जनसहित अजय पण्डित क्षेत्री र बुद्धि बहादुर तामाङले नेपालबाट सहभागिता जनाएका थिए ।

 

प्रतियोगितामा नेपाल ,भारत, बेलायत लगायत ३९ देशका बाइकरहरुको सहभागिता थियो ।

 

श्रीलंकन एअरलाइन्सको आयोजनामा यही जुन ९ देखि १५ तारिखसम्म चल्ने ‘रम्बल इन जंगल’ प्रतियोगितामा ३३ वर्षीय महर्जनको मृत्युपछि रोकिएको समाचारमा जनाइएको छ ।

https://www.youtube.com/watch?v=A9Z9gu8-qL0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *