०४ बैशाख २०८३ , शुक्रबार

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमानलाई ३ वर्ष जेल सजाय

असार १, ताप्लेजुङ । ताप्लेजुङका एक श्रीमानले आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन वर्ष जेल सजाय पाएका छन् । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमानलाई ३ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् ।

 

पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको समाचार आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *