१२ साउन २०८३ , मङ्गलबार

एक करोड २६ लाख ठगेर पेटी ठेकेदार बेपत्ता

असार ३, पर्वत । गुणस्तरहीन काम गर्दा पनि प्राविधिक कार्यालयबाट भुक्तानी दिइएको निर्माण कम्पनीका पेटी ठेकेदारले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सवा करोड रुपैयाँ ठगेको खुलासा भएको छ ।

 

मुडिकुवा झकलाल सडकको ठेकेदारले कुस्मा, फलेवासलगायतका स्थानीयलाई एक करोड २६ लाख २ हजार ९ सय ८७ रुपैयाँ तिर्न बाँकी रहेको फेला परेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

आगामी असार २० मा सम्झौता मिति सकिने उक्त सडकमा अहिलेसम्म ६० प्रतिशत काम मात्र पूरा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *