असार ४, काठमाडौँ । राष्ट्रियसभाका ५९ सांसदको कार्यकालको विषयमा सोमबार आज गोलाप्रथाबाट निर्णय गरिने भएको छ ।
राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ वर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ ।
राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यको पदावधि गणना गरिनेछ । पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।








