असार ४, म्याग्दी । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिदा बेलिब्रिज जोखिममा परेको छ ।
रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको हो ।
आईतबार दिउँसो पुलको गलेश्वर तर्फको बिमदेखि करिब पाँच मिटर नजिकको सडक भाँसिएको हो ।








