२० जेठ २०८३ , बुधबार

नारायणगढ–मुग्लिन सडकमा आइतबार राती ढुंगा खस्दा ट्रक चालकको मृत्यु

असार ४, चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा आइतबार राति खसेको ढुंगा लागेर तनहुँका ट्रक चालक कृष्ण ढंगुनाको ज्यान गएको छ ।

 

तनहुँको शुक्लगण्डकी नगरपालिका बस्ने अन्दाजी ३५–३६ वर्षका कृष्ण ढुंगानाको ज्यान गएको चितवन प्रहरीले जनाएको छ । उनले चलाएको ग १ ख ८२२८ नम्बरको ट्रकमाथि आइतबार राति साढे नौ बजे ढुंगा खसेको थियो ।

 

नारायणगढबाट मुग्लिनतर्फ जाँदैगरेकोट्रकमा इच्छाकामना गाउँपालिका–६ मा रहेको दुई नम्बर पुलमा उक्त घटना भएको थियो ।

 

उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा राति ११ बजे चालक ढुंगानाको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *