०३ बैशाख २०८३ , बिहिबार

प्रमको चीन भ्रमण ः सहकार्य र सहयोग कार्यान्वयनसम्बन्धी छुट्टै संयुक्त संयन्त्र बनाइँदै

असार ४, काठमाडौँ । प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने दुई दिनअघि सरकारले चीनसँग सहकार्य र सहयोगसम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनसम्बन्धी छुट्टै संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद् बैठकले आइतबार चीनसँग दुईपक्षीय समझदारी र सहमतिअनुसार अघि बढेका र आगामी परियोजना कार्यान्वयनका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको हो । बैठकले संयन्त्र स्थापना गर्ने समझदारीपत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

 

यसबाट दुईपक्षीय सहकार्यले तीव्रता पाउने सरकारको भनाइ छ । मस्यौदा स्वीकृत भएकाले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा यसमा समझदारी हुने खबर आजको कान्तिपुर दैनिकमा छ ।

 

मन्त्रिपरिषद्ले संयुक्त संयन्त्र गठनसम्बन्धी समझदारीपत्रमा चिनियाँ विदेश मन्त्रालयसँग हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

 

परराष्ट्र सचिवस्तरमै दुईपक्षीय संयन्त्र रहेको अवस्थामा फेरि छुट्टै संयन्त्र बनाउन लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *