१२ साउन २०८३ , मङ्गलबार

विद्यालय बन्दका कारण लाखौँ विद्यार्थीको भविष्यमा असर, नियमनकारी निकाय मौन

असार ४, काठमाडौँ । लगातार विद्यालय बन्दको कारण लाखौं विद्यार्थीको पठन पाठनमा असर पर्दा समेत सरकार बन्दकर्तालाई कारवाहीको दायरामा ल्याउन असफल भएको छ ।

 

शैक्षिक हड्तालको नाममा पटकपटक लाखौं विद्यार्थीको भविष्य अन्योल हुँदासम्म सरकारका कानमा तेल हालेर बसेको छ । नियमनकारी निकाय शिक्षा विभागले विद्यालय बन्द भएको विषयमा मौन देखिएको छ ।

 

गृह मन्त्रालयले विद्यालय बन्द गराउनेमाथि कारबाही गर्न र जिल्लामा शान्ति सुरक्षा कायम गर्ने विषयमा सबै स्थानीय प्रशासनलाई निर्देशन दिएको अवस्थामा लाखौं विद्यार्थीको भविष्यमा असर पर्ने गरी विद्यालय बन्द गर्न नदिन निर्देशन दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

 

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने– ‘शान्ति सुरक्षाको प्रत्याभुति दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छौं, त्यसलाई कार्यान्वयन गर्ने जिम्मा स्थानीय प्रशासनको हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *