असार ५, काठमाडौँ । मर्यादाक्रम विवादका कारण दफावार छलफल रोकिएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवम् सेवासुविधाबारे निर्णय गर्दै सांसदहरुले आफ्नै सेवासुविधा बढाउने प्रस्ताव गरेको खबर आजको कान्तिपुर दैनिकमा छ ।
समितिले तयार पारेको प्रतिवेदन प्रदेशसभाबाट पारित भए सबै प्रदेशसभा सदस्यलाई अधिकृत तहको स्वकीय सचिव र सबै पदाधिकारीलाई गाडी र ईन्धनको सुविधा प्रदान गरिनेछ ।
प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको सेवासुविधा प्रदेश कानून बमोजिम हुने संविधानमा उल्लेख छ ।








