०३ बैशाख २०८३ , बिहिबार

नेपाल–भारत सीमामा सुरक्षा जाँच कडा

असार ५, नवलपरासी । पश्चिम नवलपरासीस्थिति नेपाल–भारत सीमामा सुरक्षा चेकजाँच कडा पारिएको छ । बढ्दै गइरहेको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले उक्त सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको हो ।

 

भारतीय बजारबाट अवैध रूपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि स्थानीय प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा सुरक्षा जाँच कडा गरेको छ ।

 

सोही क्रममा करीब रु. पाँच लाख बराबरको अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय पठाउने तयारी गरेको छ । सोमबार बरामद सो मूल्य बराबरकोे फेयर एण्ड लब्ली, मरिच तथा कपडालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाउने तयारी गरिएको विओपी सशस्त्र प्रहरी बल हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश ढकालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *