असार ५, काठमाडौँ । ट्यांकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारको छन् ।
लकिङ प्रणालीको विरोध उनीहरुले सोमबार ईन्धन लोडसमेत गरेनन् ।
ढुवानी व्यवसायी महासंघका अनुसार आईतबार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरु लोड लिएका छैनन् ।
यसअघि ढुवानीमा केही समस्या नरहेको समाचार आजको कान्तिपुर दैनिकमा छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोईतका अनुसार लकिङ प्रणाली जडान भएपछि चालकले विभिन्न बहानामा अवरोध गर्नु र ढुवानी नै ठप्प पार्नुको उदेश्य तेल चोर्न पाउनुपर्छ भन्ने देखिन्छ ।







