०३ बैशाख २०८३ , बिहिबार

राष्ट्रियसभा सदस्यको गोलाप्रथाबाट तोकियो कार्यकाल (कसको कार्यकाल कति, पूर्ण सूचीसहित)

असार ४, काठमाडौँ । संसद भवनमा राष्ट्रियसभाका ५९ जनाकै सदस्यको कार्यकाल निर्धारण आज सोमबार गोलाप्रथाबाट भएको छ ।

 

संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सदस्यहरुलाई बोलाएपछि सांसदहरुले आफैले गोला तानेका थिए ।

 

५९ सदस्यीय राष्ट्रिय सभासदस्यमध्ये १९ जनाको २ बर्ष, २० जनाको चार र २० जनाको ६ वर्षे कार्यकाल तोकिएको हो ।

 

कसको कार्यकाल कति ?
प्रदेश १
पुरुषतर्फ
हरिचण शिवाकोटी– २ वर्ष
परशुराम मेघी गरुङ– ४ वर्ष
रमेश जंग रायमाझी– ६ वर्ष

महिला तर्फ
सरीता प्रसाईँ–२ वर्ष
नैनकला दाहाल–४ वर्ष
बिना पोख्रेल–६ वर्ष

 

प्रदेश २
पुरुषतर्फ
रमेशप्रसाद यादव –२ वर्ष
सुमन प्याकुरेल –४ वर्ष
जितेन्द्र देव– ६ वर्ष

महिलातर्फ
मुक्त कुमारी यादव–२ वर्ष
शशीकला दाहाल– ४ वर्ष
प्रमिला देव–६ वर्ष

प्रदेश ३
पुरुषतर्फ
बलरामा बाँस्कोटा–२ वर्ष
राधेश्याम अधिकारी– ४ वर्ष
रामबहादुर थापा ‘बादल’– ६ वर्ष

महिलातर्फ
धनकुमारी खतिवडा–२ वर्ष
उदया शर्मा पौडेल– ४ वर्ष
पार्वती रावल–६ वर्ष

 

प्रदेश ४
पुरुषतर्फ
सुरेन्द्रराज पाण्डे– २ वर्ष
दिनानाथ शर्मा– ४ वर्ष
गणेशप्रसाद तिमल्सिना– ६ वर्ष

महिलातर्फ
कमला ओली–२ वर्ष
शान्तीकुमारी बिसी–४ वर्ष
बिन्दादेवी आले– ६ वर्ष

प्रदेश ५
पुरुषतर्फ
दुर्गाप्रसाद उपाध्याय–२ वर्ष
चन्द्रबहादुर खड्का–४ वर्ष
खिमलाल भट्टराई– ६ वर्ष

महिलातर्फ
मीना बुढा–२ वर्ष
कोमल ओली–४ वर्ष
अनिता देवकोटा–६ वर्ष

कर्णाली प्रदेश (प्रदेश ६)
पुरुषतर्फ
कालीबहादुर मल्ल–२ वर्ष
खगेन्द्र पुरी– ४ वर्ष
भैरवसुन्दर श्रेष्ठ–६ वर्ष

महिलातर्फ
युटल लामा–२ वर्ष
कविता बोगटी–४ वर्ष
नन्दा शर्मा– ६ वर्ष

प्रदेश ७

पुरुषतर्फ
सुरेन्द्र पाण्डे– २ वर्ष
शेरबहादुर कुँवर– ४ वर्ष
हरेराम चौधरी– ६ वर्ष

महिलातर्फ
कमलाकुमारी ओली–२ वर्ष
तारादेवी भट्ट– ४ वर्ष
इन्दु कडरिया–६ वर्ष

दलित तर्फ
रामपृत पासवान र खेमराज नेपाली–२ वर्ष,
खिमकुमार विक, चक्रप्रताप स्नेही र रामलखन चमार– ४ वर्ष,
नरपति लोहार र सिंहबहादु विश्वकर्मा– ६ वर्ष

 

फरक क्षमता अथवा अपांगता भएका तर्फबाट
ब्रिखेषचन्द्र लाल र राजकुरमा कुँवर– २ वर्ष,
जीवन बुढा र अगम वान्तवा–४ वर्ष,
प्रकाश पन्त र रमेश कुमार महर– ६ वर्ष
रामचन्द्र राई –६ वर्ष

 

राष्ट्रपतिबाट मनोनित
युवराज खतिवडा–२ वर्ष
रामनारायण बिँडारी–४ वर्ष
विमला पौडेल– ६ वर्ष

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *