०३ बैशाख २०८३ , बिहिबार

एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

असार ६, काठमाडौँ । चैत २०७४ मा लिइएको एसइई परीक्षाको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिएका हुन् ।

 

परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ र प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागी थिए ।

 

नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *