असार ५, काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआईजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक एआईजीको बढुवा रोकेको समाचार आजको कारोबार दैनिकमा छ ।
एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडि रहेका डीआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको नियत देखिएको हो ।








