असार ११, दिल्ली । आजको नागरिक दैनिकले माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारतसितको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको खबर लेखेको छ ।
दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ ।
भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको बिजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ । भारतले माल्दिभ्सतर्फ गहुँको पिठो निर्यातको परिमाण पनि घटाएको छ ।
चीनले माल्दिभ्सको पयर्टन र भौतिक संरचनाका क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको छ । यसै कारण भारतले माल्दिभ्समा खाद्यवस्तु निर्यात कटौती गरेको हो ।








