२० जेठ २०८३ , बुधबार

हनुमानढोकाको ऐतिहासिक गद्दी बैठक पुरानै अवस्थामा तयार

असार १२, काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त भएको हनुमानढोका दरबार क्षेत्रमा स्थित ऐतिहासिक गद्दी बैठक पुरानै अवस्थामा तयार भएको छ ।

 

यस क्षेत्रमा रहेको नियो क्लासिकल शैलीमा निर्माण गरिएको १ सय १० वर्ष पुरानो ऐतिहासिक गद्दी बैठक पुरानै अवस्थामा तयार भएको हो ।

 

पुरातत्त्व विभागको रेखदेखमा नेपाली प्रविधि प्रयोग गरी सवलीकरण गर्ने कार्य सम्पन्न भएकाले यही असार १३ गते बुधुबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष कार्यक्रमबीच नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *