०४ बैशाख २०८३ , शुक्रबार

जारी भयो विदेशी नागरिक अनुगमन निर्देशिका, उद्देश्यभन्दा फरक काम गर्नेलाई कानुनी दायरामा ल्याउन सहज

असार १३, काठमाडौँ । नेपाल भ्रमणमा आउने विदेशी नागरिकको गतिविधिलाई निगरानीमा राख्न सरकारले विदेशी नागरिक अनुगमन निर्देशिका जारी गरेको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै भ्रमणको उद्देश्यभन्दा फरक काम गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।

 

गोरखापत्र दैनिकमा लेखिएको समाचार अनुसार उनीहरूको नेपाल प्रवेशसँगै प्रवेशाज्ञा प्रक्रिया, उपस्थिति, बसाइ, पदयात्रा र प्रस्थानलाई व्यवस्थित एवं सरलीकृत बनाउन अनुगमन निर्देशिका उपयुक्त हुने अपेक्षा गरिएको छ ।

 

भिजिट (भ्रमण) भिसाका नाममा व्यापार व्यवसाय गर्ने, समाजसेवाका नाममा जासुसी तथा धर्म परिवर्तन गर्न लगाउने, लुकिछिपी बस्ने र कुटनीतिक मर्यादामा नबस्नेहरूलाई फिर्ता पठाउनेसम्मको कानुनी व्यवस्था निर्देशिकामा गरिएको छ ।

 

यो निर्देशिकाले विदेशी नागरिकको विषयमा सूचना लिनेदेखि कारबाही गर्नेसम्मको अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले शंका लागेमा जिल्ला प्रशासन कार्यालयले नै कानुनी कारबाही गर्नसक्ने व्यवस्था गरिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *