असार १३, काठमाडौँ । सरकारी गाडीको १४ वर्षमा भएको खर्च तथ्याङ्क आजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ । समाचार अनुसार गाडी खरिद, इन्धन र मर्मतका नाममा १४ वर्षमा ५४ अर्ब रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री, मन्त्री, सचिव, कर्मचारी लगायतको गाडी खरिदमा २३ अर्ब १४ करोड, इन्धनमा १७ अर्ब ६६ करोड खर्च भएको भएको छ भने मर्मत शीर्षकमा १२ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ ।
यसरी हेर्दा वर्षमा सरदर झण्डै ४ अर्ब सरकारी गाडीमै खर्च भएको छ ।








