असार १४, काठमाडौँ । संघीय सरकारले स्थानीय तहमा थप दस हजार कर्मचारी पठाउने तयारी गरिरहेको समाचार नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।
लामो समयदेखि केन्द्रमा हालिमुहाली गर्दै आएका कर्मचारीहरु स्थानीय तहमा जान अटेर गरिरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएको हो ।
स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई असारभित्रै पूर्ति गर्ने उदेश्य सहित सो गृहकार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् ।








