असार १४, काठमाडौँ । अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको समाचार अनुसार हराएका पासपोर्ट बनाउन सर्वसाधारणले आठ बर्षमा पौने तीन अर्ब रुपैयाँभन्दा बढी खर्च गरका छन् ।

आर्थिक बर्ष २०६३ देखि चालु आवको वैशाखसम्म सर्वसाधारणले यो रकम खर्च गरेका हुन् ।
प्रशासन कार्यालय र राहदानी विभागमार्फत हराएका पासपोर्ट बनाउनेको संख्या २ लाख २० हजार ३ सय छ ।
यस अवधिमा जिल्ला प्रशासनमार्फत नयाँ पासपोर्ट बनाउनेको संख्या १ लाख ४ हजार २ सय ७६ छ ।








