०८ मङि्सर २०८३ , सोमबार

धनुषामा विषाक्त रक्सीका कारण ४ जनाको मृत्यु

असार १४, धनुषा । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चार जनाको ज्यान गएको समाचार कान्तिपुर दैनिकमा छ ।

 

कमला नगरपालिका वडा नं ५ का ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, सिंग्याही मडानका ४५ का साबिर अन्सारी र ३६ वर्षीय मणि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

 

जामुन पासवानको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ ।

 

वैदेशिक रोजगारमा जानु अघि स्थानीय युवाले हिजो गाउँमा भोज खुवाएका थिए । भोजमा घरेलु मदिरा खुवाइएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *