०३ बैशाख २०८३ , बिहिबार

विदेशी कामदारलाई अबदेखि दस्तुर

असार १४, काठमाडौँ । अबदेखि भारतीय कामदारलाई विनाअभिलेख र अन्य विदेशी कामदारलाई विनाश्रम स्वीकृत काममा लगाए रोजगारदाताले दोब्बर दस्तुर बुझाउनुपर्ने भएको छ ।

 

कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार सरकारले भारतीय कामदारलाई पहिलोपल्ट अभिलेखीकरण गर्न लागेको हो । साथै भारतीय र अन्य कामदार राख्न इजाजतस्वरुप २० हजार रुपैयाँसम्म दस्तुर तोकेको हो ।

 

अव रोजगारदाताले विदेशी कामदारलाई काम लगाउँदा सरकारलाई ६ महिनासम्म १५ हजार र त्यसमाथिको अवधिका लागि २० हजार रुपैयाँका दरले दस्तुर बुझाउनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *