०३ बैशाख २०८३ , बिहिबार

दक्षिण सुडानमा स्थायी युद्धविराम गर्ने सम्झौता

असार १४, खारटौम । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण सुडानमा स्थायी युद्धविराम गर्ने सहमति भएको छ । राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा सो सहमति भएको हो ।

 

बुधबार भएको स्थायी युद्धविरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् ।

 

दक्षिण सुडानमा लामो समयदेखि भइरहेको विध्वंशकारी युद्धलाई अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *