१७ जेठ २०८३ , आइतबार

छोरी हत्या गरेको आरोपमा आमा पक्राउ

असार १५, चितवन । छोरी हत्या गरेको आरोपमा प्रहरीले चितवन, कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुरकी ३५ वर्षीया शोभा परियारलाई पक्राउ गरेको छ ।

 

शोभाकी १४ वर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

 

ममताको हत्या भएको भन्दै उनको घरमा जम्मा भएर स्थानीयले बिहीबार नाराबाजी गरेका थिए ।

 

स्थानीयको बिरोधपछि छोरीको अन्तिम संस्कार रोकेर क्रियामा बसेकी शोभालाई प्रहरीले पक्राउ गरेको समाचार आजको नागरिक दैनिकमा छ ।

 

ममता जमुनापुर माविमा कक्षा ९ की छात्रा थिइन् । स्कुलबाट घर आउँदा आमाले मादक पदार्थ सेवन गरिरहेको देखेर ममताले नखान भनेकी थिइन् ।

 

छोरीले सम्झाउँदा शोभाले अपशब्द प्रयोग गरेर गाली गरेको स्थानीय बताउँछन् । अपशब्द बोलेपछि ममताले आमलाई थप्पड हानेकी थिइन् । सोही रिसमा शोभाले ममताको हत्या गरेको आरोप स्थानीयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *