असार १५, काठमाडौँ । विश्व सम्पदा सूचीमा रहेका नेपालका ७ वटा सम्पदा खतराको सूचीबाट हट्ने भएका छन् ।

नेपाल समाचारपत्र दैनिकका अनुसार २०७२ सालको महाभूकम्पले क्षति पु¥याएका ती सम्पदाको पुननिर्माण सन्तोषजनक रहेको भन्दै युनेस्कोको बहराइनमा जारी ४२ औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो ।
भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो ।
साधारणसभामा बुधबार नेपालले खतराको सूचीमा राख्ने चेतावनी फिर्ता लिन आग्रह गरेको थियो । नेपाल पक्ष राष्ट्रले नेपालले उपत्यकाका सम्पदा क्षेत्रको संरचना पुनर्निर्माणमा प्रगति गरेको जनाउँदै खतराको सूचीमा राख्ने युनेस्कोको निर्णय फिर्ता लिन अपिल गरेको थियो ।








