०३ बैशाख २०८३ , बिहिबार

१० महिनामा २४ अर्बको चामल आयात, धान दिवस तामझाममै सीमित

असार १५, काठमाडौँ । सरकारले हरेक असार १५ मा धान दिवस मनाउन थालेको १५ वर्ष भयो । तर धानमा नेपाल अझै आत्मनिर्भर हुन सकेको छैन । सरकारको ध्यान धान उत्पादन वृद्धिभन्दा बढी औपचारिक कार्यक्रम गर्नमा केन्द्रित हुँदा वार्षिक अरबौँ रुपैयाँको चामल आयात हुँदै आएको छ ।

 

चालू आर्थिक वर्ष २०७४÷७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ । आजको नागरिक दैनिकमा छापिएको समाचार अनुसार गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको छ ।

 

सरकारले कृषि क्षेत्रमा लगानी गरेअनुसार उत्पादन वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नु परेको हो ।

 

यहाँ खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अनाज आयात भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *