असार १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सांसदसँग असन्तुष्ट भएका छन् ।
प्रम ओलीले संसदीय दलको नेताको हैसियतले आफूलाई जानकारी नै नदिई आफ्नै दलका सांसदको प्रस्तावमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल गरेको भन्दै असन्तुष्टि पोखेका हुन् ।
अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको समाचारमा भनिएको छ— नेकपाका सांसद् खगराज अधिकारीले २०७५–७६ का योजना सम्पन्न गर्नुपर्ने भन्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि बिहीबार प्रतिनिधिसभामा छलफल गराएकोमा आश्चर्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका हुन् ।








