असार १५, काठमाडौँ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ तथा अन्तिम बैठक आज शुक्रबार बस्दै छ । इपिजीको म्याद असार २० मा सकिदैछ ।

तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ ।
नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा गत २१ र २२ असोजमा काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने सहमति भएको भनिएको छ । नेपाल–भारत सिमानामा जनताको आवतजावत अनुगमन गर्ने संयन्त्र बनाउन दुवै पक्ष सहमत भएका थिए । तर, अन्तिम टुंगो भने लागेको थिएन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो नेपाल भ्रमणमा खुला सिमानाका पक्षमा खुलेर बोलेका थिए । नेपालले सीमा नियमन गर्न चाहे पनि भारतले नचाहेको अर्थमा लिनुपर्ने इपिजी नेपाल पक्षका सदस्यहरूको बुझाइ छ ।








