२० जेठ २०८३ , बुधबार

मन्त्रीले जथाभावी बाँडे पैसा

असार १६, काठमाडौँ । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार मन्त्रीले अन्धाधुन्ध पैसा बाँडेका छन् ।

 

समाचारमा भनिएको छ— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न सस्ंस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् ।

 

आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रबद्र्धन कार्यक्रमअन्तर्गत पुँजीगत अनुदानका नाममा अन्धाधुन्ध रकम वितरण गरेका हुन् ।

 

विभिन्न दलका नेता, साहित्यका र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम बाँडिएको हो ।

 

केही अपवादबाहेक रकम पाउने अधिकांश संस्था र प्रतिष्ठान निष्क्रिय र झोले प्रकृतिका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *