असार १६ काठमाडौँ । साउनको तेस्रो सातादेखि जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने भएको छ । स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागेको हो ।

मन्त्रिपरिषदको ०६७ असार १६ गतेको निर्णयाअनुसार छुट्टै निकायका रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।








