असार १६, जुम्ला । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले निषेधित क्षेत्रमा अनसन बसेको भन्दै नियन्त्रणमा लिएको छ ।

पुरानै चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुपर्ने माग राख्दै जुम्लाको जिल्ला प्रशासन कार्यालय अगाडि शनिबारदेखि अनसन सुरु गरेका केसीलाई नियन्त्रणमा लिइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढाथापाका अनुसार निषेधित क्षेत्रमा अनसन बसेका कारण डा. केसीलाई नियन्त्रणमा लिइएको हो ।
यसैबीच जिल्ला प्रशासनले केसीलाई निषेधित क्षेत्रभन्दा बाहिर अनसन बस्न आग्रग गरेको छ ।








