असार १६, काठमाडौँ । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणका खेलहरू आजबाट सुरु हुँदै छन् । समूह चरणका खेलबाट छानिएका १६ टिमको खेल आजबाट सुरु हुन लागेको हो ।
आज शनिबार दुई खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिनाले फ्रान्सको सामना गर्दैछ भने अर्को खेल उरुग्वे र पोर्चुगलबीच ११ : ४५ मा हुँदैछ । यी दुवै खेल रोचक हुने आँकलन गरिएको छ ।
अन्य खेल तालिका








