०६ साउन २०८३ , बुधबार

विश्वकप फुटबल : नेपालमा दैनिक अर्ब बरारको सट्टेबाजी

असार १६, काठमाडौँ । रसियामा जारी विश्वकप फुटबलका लागि नेपालमा दैनिक एक अर्बभन्दा बढीको बाजी लाग्ने गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

 

कतिपयले विश्वकपलाई जुवा खेल्ने खेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् ।

 

काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ । सट्टेबाजीको सबैभन्दा ठूलो खाल काठमाडौंमै चलेको प्रहरीले जनाएको छ ।

 

यो जुवामा टोलेगुन्डा, क्यासिनो खेलाडीदेखि फुटबलका फ्यानसमेत संलग्न छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *