१७ असार, काठमाडौँ । प्रिक्वाटरफाइनलमा फ्रान्ससँगको पराजयसँगै ३४ वर्षीय अर्जेन्टिनी मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले आफू अब अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् ।

शनिबारको खेलपछि मास्चेरोनाले डिपोर्ट टिभीसँग कुरा गर्दै भने, ‘व्यक्तिगत रुपमा मेरा लागि अब सबै पूरा भयो । अबदेखि म मात्रै थप भएको अर्जेन्टिनाको फ्यान हुँ ।’
२००३ मा सिनियर करिअर सुरु गरेका मास्चेरानोले लगातार चौथो पटक विश्वकप खेलेका थिए । उनी हाल चिनियाँ क्लबमा अनुवन्ध छन् ।








