०३ बैशाख २०८३ , बिहिबार

प्रधानमन्त्रीकै दबावमा रोकियो गैससको सम्पत्ति छानबिन

असार १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गृह मन्त्रालयले गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको छ ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह पछि हटेको कारोबार दैनिकले छापेको समाचारमा उल्लेख छ ।

 

गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *