असार २५, अंकारा । टर्की सरकारले आइतबार एक निर्देशिका जारी गर्दै आफ्ना १८ हजार कर्मचारीलाई बर्खास्त गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बर्खास्त गरिएकामध्ये आधाभन्दा बढी प्रहरी सेवाका रहेको जनाइएको छ ।
दुई वर्षअघि देशमा लगाइएको संकटकाल हटाउन लागिएको केही दिनअघि प्रहरीसँगै सेना, कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकलाई गैरकानुनी संगठनसँग सम्बन्ध रहेको भन्दै बर्खास्त गरिएको हो ।
सन् २०१६ को असफल सैन्य ‘कु’ पछि टर्कीको सरकारी सेवाका लाखौँ कर्मचारी बर्खास्त भइसकेका छन् ।








