०५ चैत २०८२ , बिहिबार

पार्टी एकता भंग गर्ने गच्छदारको चेतावनी

असार २५, काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन नभएको भन्दै एकता भंग गर्ने चेतावनी दिएका छन् ।

 

सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा गच्छदारले पार्टी नेतृत्वले आफू लगायत आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाए । उनले कार्यक्रममा हजारौँ नेता, कार्यकर्तालाई अपमान गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी समेत गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *