०३ बैशाख २०८३ , बिहिबार

उच्च अदालतका ८० न्यायाधीशको पद जोखिममा

असार २९, काठमाडौँ । उच्च अदालतका ८० जना न्यायाधीशको पद जोखिममा परेको समाचार नेपाल समाचारपत्रमा छ ।

 

ती न्यायाधीशको नियुक्तीको निर्णय बदर गरी कानुनबमोजिम पुनः न्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित दायर रिटउपर विहीबार सर्वोच्च अदालतले सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्न आदेश दिएपछि उनीहरूको पद जोखिममा परेको हो ।

 

सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले उक्त रिट विचाराधीन रहेकाले धेरै कुरा गर्न नमिल्ने बताउँदै पछि फैसला जस्तो पनि आउन सक्ने टिप्पणी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *