असार ३२, काठमाडौँ । विदेशमा एमबिबिएस पढेर आएका ८८ प्रतिशत विद्यार्थी नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा असफल हुने गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
![]()
समाचार अनुसार विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर भएको छ ।
नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको बेला यस्तो नतिजा आएको हो ।
गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।
त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८५ र बिडिएसतर्फ ९०५ डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् । विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन् ।








