०४ बैशाख २०८३ , शुक्रबार

विश्वमा इन्टरनेट र टेलिफोनको शुल्क घट्दै, नेपालमा बढ्दै

असार ३२, काठमाडौँ । विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएको समाचार नागरिक दैनिकमा छ ।

 

अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भने यसलाई राजस्वको स्रोतको रुपमा हेरेको देखिन्छ ।

 

सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी गरेका छन् ।

 

सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनी र दूरसञ्चार सेवा प्रदायकले साउन १ देखि मूल्य समायोजन गरेको बताएका छन् ।

 

यो मूल्य समायोजनसँगै मोबाइल डाटा प्याकसहित इन्टरनेट शुल्क १३ प्रतिशतले र टेलिफोन भ्वाइस कलको शुल्क दुई प्रतिशतले बढ्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *