असार ३२, काठमाडौँ । सप्ताहव्यापी भानुजयन्तीको समापन समारोह ‘विशेष काव्यसन्ध्या’ कार्यक्रममा ८४ वर्षीय मायादेवी अर्यालले सोमबार रामायणका केही श्लोक सुनाइन् ।
भानु प्रतिष्ठान नेपालद्वारा राजधानीमा आयोजित उक्त सन्ध्याकालिन कार्यक्रममा निरक्षर मायादेवीले कण्ठस्थ भएका रामायणका श्लोक सुनाउँदै कार्यक्रमको उद्घाटन गरेकी हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल लगायत भारत, म्यानमार तथा थाइल्यान्डका नेपालीभाषी कवि तथा कवियित्रीले कविता वाचन गरेका थिए ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=8gfrCYMwdjM&feature=youtu.be








