०५ चैत २०८२ , बिहिबार

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन, साउन ३ गते अन्तिम संस्कार गरिने

साउ १, काठमाडौँ । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । मृगौला पीडित सुब्बाको निमोनियाका कारण ५२ वर्षको उमेरमा आज दिउँसो निधन भएको हो ।

 

पछिल्लो पटक सुव्वालाई छातीमा समस्या देखिएपछि असार १५ गते काठमाण्डौं स्थित निदान अस्पतालमा आकष्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिक अस्पताल र ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो । स्वास्थ्यमा सुधार आईरहेको भएपनि उनको सोमवार अपरान्ह करिव १ बजे निधन भएको हो ।

 

गत वर्ष तत्कालिन नेकपा (एमाले) बाट सुब्बा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

 

सुब्बाको पार्थिव शरीर आजै हेलिकोप्टरबाट धरान लगिएको छ । परिवारका सदस्यहरू देश बाहिर रहेकाले उनको अन्तिम संस्कार साउन ३ गते मात्र गरिने पारिवारिक श्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *