०३ बैशाख २०८३ , बिहिबार

सेक्युरिटी लकिङ सिस्टम पहिले वार्षिक ६८ करोडको इन्धन चोरी हुने गरेको पुष्टि

साउन २, काठमाडौँ । नेपाल आयल निगमले इन्धन ढुवानीमा सेकयुरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ ।

 

नागरिक दैनिकमा छापिएको समचार अनुसार विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकहरूले बताउँदै आएका थिए ।

 

निगमले ढुवानी क्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *