साउन २, काठमाडौँ । बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसदले दिएको निर्देशनविपरीत सरकारले चार महिनामै २३ अर्बभन्दा बढी रकमान्तर गरेको समाचार राजधानी दैनिकमा छ ।

आर्थिक अनुशासन कायम गर्न रुपान्तिरित संसदका विभिन्न समितिले रकमान्तर गरी खर्च नगर्न सुझाए पनि यस वर्षसमेत रकमान्तर समस्या घटेको देखिएन ।
बजेटमा विनियोजन गरिएको भन्दा फरक शीर्षकका आयोजना तथा क्रियाकलापमा सरकारले यसपटक पनि ठूलो रकम खर्च गरेको हो । अर्थ मन्त्रालयका अनुसार पछिल्लो चार महिना (फागुन, चैत, वैशाख र जेठ) मा मात्र विभिन्न शीर्षकमा २३ अर्ब रुपैयाँ रकमान्तर भएको छ ।








