साउन ४, काठमाडौँ । सहरी विकास तथा भवन डिभिजन कार्यालय रामेछापमा कार्यरत इन्जिनियर ईन्द्र शाह होटेलमा सुतिरहेका दुई किशोरीलाई करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।
सिरहा जिल्ला लहान नगरपालिका घर भएका ३२ वर्षीय ईन्जिनियर शाह पक्राउ परेका हुन् ।
मन्थली नगरपालिका १ स्थित एक होटेलमा मदिरा सेवन गरी कोठा खोज्दै गएका शाहले सोही होटलमा कोठा लिई बसेका रामेपछापका दुई किशोरी सुतेको कोठामा वियरको बोतल हानी जबर्जस्ती करणी गर्न खोजेपछि कोशोरीहरुले गुहार मागेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।








