०५ बैशाख २०८३ , शनिबार

भारतीय प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत

साउन ५, दिल्ली । भारतमा नरेन्द्र मोदी सरकार विरुद्ध विपक्षीले सदनमा पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । ५ सय ३४ सांसद रहेको भारतीय लोकसभामा प्रस्तावको पक्षमा १ सय २६ मत र विपक्षमा ३ सय २५ मत खसेको थियो ।

 

११ घण्टा लामो बहस पछि सरकार विरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

 

सत्तारुद्ध भाजपा एक्लैको २ सय ७४ सांसद रहेकाले विपक्षीले विना कुनै उद्देश्य अविश्वासको प्रस्ताव ल्याएको प्रधानमन्त्री मोदीले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

 

तेलगु देशम पार्टीका नेता जयदेव गल्लाले पेश गरेको प्रस्तावलाई आम आदमी पार्टी, कंग्रेस आई, समाजवादी पार्टी, तृणमुल कंग्रेस लगायता पार्टीले समर्थन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *