०४ बैशाख २०८३ , शुक्रबार

दक्षिण कोरियाली पूर्वराष्ट्रपति हाइलाई थप आठ वर्षको जेल सजाय

साउन ५, सोल । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्ट्राचारको अनुसन्धानका क्रममा थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपेको हो ।

 

यसअघि नै उनलाई २४ वर्षको जेल सजाय सुनाइएको थियो । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल तथा १ करोड ७० लाख अमेरिकी डलर बराबरको जरीवनाको सजाय सुनाइएको थियो ।

 

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहेका छन् । सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा ६६ वर्षीय उनलाई नियन्त्रणमा लिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *