साउन ६, काठमाडौँ । तेस्रोलिङ्गी महिला तथा पुरुष र समलिंगीहरु एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यवहारिक अनुसन्धानमा यस्तो देखिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
केन्द्रले भारतमा काम गरेर फर्केका आप्रवासी पुरुष, उनीहरुका श्रीमती र महिला यौनकर्मी जस्ता जोखिम समूहबीच यस्तो सर्वेक्षण गरेको थियो ।
यस्तो समूहमा कन्डमको प्रयोग, एचआईभीसम्बन्धी ज्ञान र परामर्श सेवा पनि कम देखिएको छ । त्यस्तै सुईद्वारा लागूपदार्थ प्रयोगका कारण पनि कतिपय एचआईभीको जोखिममा परेको अध्ययनले देखाएको छ ।








